सोम, अशोज ५, २०८३
27.1 C
Kathmandu

बारामा बस दुर्घटना हुँदा १३ जना घाइते

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
३१ जना यात्रु सवार सो बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं। ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार कार्यमा जुटेको थियो।
गम्भीर घाइते २ जनालाई तत्कालै उपचारका लागि सशस्त्र प्रहरीको गाडी र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज