काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने बताए । ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउँदैछौं । यो सरकारमा सबैले सहभागी हुनुपर्छ’, ओलीले भने ।
बैठकले संविधानको धारा ७६ ९२० बमोजिम नेपाली कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ । सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।
