काठमाडौं । नेकपा एमालेकां संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आजे बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।
