नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको गएराति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।
‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ’, डीएसपी कार्कीले शनिबार भने, ‘मृत्युको एकिन कारण खुलिसकेको छैन, अनुसन्धान हुँदै छ।’पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ।
