आइत, कार्तिक ९, २०८३
19.1 C
Kathmandu

पहिलोपटक सभापतिका केही प्रस्तावहरू अस्वीकृत भयो- स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पहिलोपटक पार्टी सभापति रवि लामिछानेले राखेका केही प्रस्तावहरू पार्टी बैठकबाट अस्वीकृत भएको बताएका छन्।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री डा। मुकुल ढकालले बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेकोमा त्यसलाई सभापतिले पनि बैठकमा गरौँ भन्दा पनि केन्द्रीय सदस्यहरूले भने त्यसलाई नमानेको बताए।

‘पहिलोपटक पार्टी सभापतिका केही प्रस्तावहरू आजको बैठकमा अस्वीकृत भयो,’ वाग्लेले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज