आइत, कार्तिक ९, २०८३
19.1 C
Kathmandu

मेरो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न आभास हुन थालेको छ- महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई राजनेता बन्ने प्रयास गर्न आग्रह गर्दै बाटो गलत समातेको आरोप लगाएका छन् ।

उनले आफ्नो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न थालेको आरोप लगाएका छन् । “मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ,” ढकालले लेखेका छन्, “मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।”

उनले रास्वपामा संस्कारको प्रश्न उठाउँदै सभापतिको आलोचना सुन्न नसक्ने चरित्र सच्याउन जरुरी रहेको उल्लेख गरेका छन् । “म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि ? भो अर्को शब्द नबोलौँ होला । फेरि साथीहरूलाई लाग्न सक्छ सभापति सक्किने भन्ने तँ को हो रु पार्टी सक्किन्छ भन्ने तँ को हो ?,” ढकालले भनेका छन्, “मलाई त चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्यांकन गर्नुहोस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज