शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

रास्वपा सांसद समेत रहेकी निशा डाँगीका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुनेछ ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने तयारीमा छन् ।
मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज