आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको महामन्त्री मुकुल ढकालले बताइका छन् ।

असार १९ गते बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव ढकालले जानकारी दिएका छन् ।

ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’ बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा रहेको छ । विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार पारेका छन् ।

प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेको भएपनि पनि सार्वजनिक भनि गरिएको छैन ।

प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज