आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज