शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना, चार जनाको अवस्था गम्भीर

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।

लिखु तामाकोसी गाउँपालिका- ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बा ५ ख ५६२५ नम्बरको बस दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बसमा २५ जना सवार थिए।
दुर्घटनामा बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन्। घाइते सबै स्थानीय हुन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थली लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज